Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

जनकपुरमा एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु

जनकपुरमा एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु


  • 631
    Shares

    जनकपुरमा एक घरमा आगलागी हुँदा जलेर एक जनाको मृत्यु
    images

    जनकपुरधाम । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक पूर्व शिक्षकको जलेर मृत्यु भएको छ ।

    जनकपुरधाम उपमहानगरपालिका-८ रामानन्दचोक स्थित घरमा जलेर ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो । राति अचानक घरमा आगलागी हुँदा भाग्न नसकेका उनको जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

    महोत्तरीको लोहारपट्टी नगरपालिका-२ निवासी सहनी अवकास प्राप्त शिक्षक हुन् । उनकी नातिनीले भने भागेर ज्यान जोगाएकी छन् ।

    विद्युत् सट भएर आगलागी भएको हुनसक्ने प्रहरीको आशंका छ। घटनास्थलमा अहिले अनुसन्धानको काम भइरहेको छ ।

    प्रकाशित मिति :आश्विन ४ २०८३ आइतवार - ०८:३५:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij