Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिए

जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिए


  • 694
    Shares

    जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिए
    images

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत अवस्थामा भेटिएको छ । रोनाल्डो विषहजारी पोस्टनजिकै मृत भेटिएको हो ।

    रोनाल्डोको मृत्युको कारण खुलिसकेको छैन । घटनाबारे चितवन राष्ट्रिय निकुञ्जको टोलीले स्थलगत अनुसन्धान गरिरहेको छ । मृत्युको कारण अनुसन्धानपछि मात्र यकिन हुने निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी अविनाश थापामगरले बताए ।

    सौराहा–खोरसोर क्षेत्रको ‘सेलिब्रिटी’का रूपमा परिचित रोनाल्डोले त्यहाँस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा लामो समयदेखि प्रभाव जमाएको थियो । केन्द्रमा जन्मिएका धेरै छावाको पिता रोनाल्डो नै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जापुनले बताए ।

    करिब ५३ वर्ष उमेरको अनुमान गरिएको रोनाल्डोको शरीरमा अरू हात्तीसँगको संघर्षका चिह्न समेत थिए । उसको पुच्छर समेत संघर्षकै क्रममा गुमेको थियो । 

    रोनाल्डोको मृत्युसँगै सौराहा–खोरसोर क्षेत्रको चर्चित जंगली भाले हात्तीको एउटा परिचित कथा समाप्त भएको छ । मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुने निकुञ्जले जनाएको छ । 

    प्रकाशित मिति :आश्विन ३ २०८३ शनिवार - १४:०१:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij