Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

शेखर कोइराला दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने

शेखर कोइराला दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने


  • 610
    Shares

    शेखर कोइराला दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने
    images

    काठमाडौ‌ं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला संस्थापन र असन्तुष्ट दुवै पक्षले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने भएका छन् ।

    कोइराला निकट नेता बद्री पाण्डेका अनुसार कांग्रेसमा दुईवटा महाधिवेशन हुने अवस्था बनेपछि उनी  तटस्थ बस्ने भएका हुन् । 

    पाण्डेले भने, “दुईवटा महाधिवेशन हुने भएपछि हामीले तटस्थ बस्ने निर्णय गरेका छौँ । एउटै महाधिवेशनको स्थिति नबनेसम्म कुनै महाधिवेशन नजाने निर्णय भएको हो,'' उनले भने । 

    उनका अनुसार दुवै महाधिवेशनमा सहभागी नभई पार्टी एकताको विषयलाई निरन्तर उठाइरहने नेता शेखरको तयारी छ ।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १९:००:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij