२०८३ आश्विन ६ गते मंगलवार
काठमाडौं । फिल्म ‘आ बाट आमा २’को दोस्रो पोस्टर सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक पोस्टरमा दसैँको परिवेश र पारिवारिक संवेदनालाई समेटेर तयार पारिएको छ।
असोज ३० गतेदेखि देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आउन लागेको यो फिल्मको पोस्टरले दशैँको माहोलको झल्को दिन्छ। पोस्टरमा फिल्मका मुख्य पात्र पल शाहलाई मानसिक सन्तुलन गुमाएको झैँ देखिन्छन् भने विपना थापा, प्रदीप रावत,आकाश श्रेष्ठ, साइग्रेस पोखरेल र मलिका महत भावुक छन्। पोस्टरको दायाबायामा दुई पात्रलाई राखिएको छ।
साथै ‘दशैँको जमरा र आमाको पर्खाइको कथा’लाई मुख्य विषयवस्तु बनाएको भन्ने कुरा पोस्टरमा देखिन्छ। आर्या पन्तको प्रस्तुति रहेको यस फिल्मको मुख्य भुमिकामा चलचित्रमा पल शाह,मलिका महत,रिश्ता गुरुङ,निकिता आचार्य,विपना थापा,आकाश श्रेष्ठ,सबिन श्रेष्ठ,प्रदीप रावत,साइग्रेस पोखरेल,गजित विष्ट,नरेन खड्का,दिलिप अखेडा,लगायतको मुख्य भूमिका रहनेछ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij