Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

लन्डन जाँदै गरेको बङ्गलादेश एयरलाइन्सभित्र कुटाकुट

लन्डन जाँदै गरेको बङ्गलादेश एयरलाइन्सभित्र कुटाकुट


  • 708
    Shares

    लन्डन जाँदै गरेको बङ्गलादेश एयरलाइन्सभित्र कुटाकुट
    images

    काठमाडौं । विमान बङ्गलादेश एयरलाइन्सको उडानमा दुई यात्रुबिच कुटाकुट भएको छ । १७ सेप्टेम्बर २०२६ मा बङ्गलादेशको सिलेटबाट लन्डनतर्फ उडिरहेको विमानमा सुरुमा दुई यात्रुबिच भनाभन भएको र त्यसपछि उनीहरू एक–अर्कामाथि लात्ती र मुक्का प्रहार गर्न थालेका थिए ।

    घटनाका कारण विमानभित्र केही समय होहल्ला मच्चिएको थियो । अन्य यात्रुले झगडा रोक्ने प्रयास गरे पनि दुबैबिच कुटाकुट जारी रहेको बताइएको छ । घटनाका क्रममा एक यात्रुको टी–सर्ट च्यातिएको थियो ।

    घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा यात्रुहरूबिच कुटाकुट भइरहेको र अन्य यात्रुले छुट्याउने प्रयास गरिरहेको देखिन्छ । घटनाबारे विमान बङ्गलादेश एयरलाइन्सका महाप्रबन्धक महबुबुद्दिन अहमदले आफूलाई तत्काल जानकारी नभएको बताएका छन् । उनले घटनाबारे बुझ्ने बताएका छन् ।

    बङ्गलादेशी सञ्चारमाध्यमका अनुसार घटनाबारे थप विवरण तथा झगडाको कारण भने खुलाइएको छैन ।

    एजेन्सी

     

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - १२:१६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij