Logo

२०८३ आश्विन ६ गते मंगलवार

२०८३ आश्विन ६ गते मंगलवार

संविधानको आधारभूत संरचनामा प्रहार गरे अर्को द्वन्द्व हुन सक्छ: वर्षमान पुन

संविधानको आधारभूत संरचनामा प्रहार गरे अर्को द्वन्द्व हुन सक्छ: वर्षमान पुन


  • 617
    Shares

    संविधानको आधारभूत संरचनामा प्रहार गरे अर्को द्वन्द्व हुन सक्छ: वर्षमान पुन
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवं पूर्वमन्त्री वर्षमान पुनले संविधानका आधारभूत संरचनामाथि प्रहार गर्ने वा पुनर्लेखनतर्फ जाने प्रयासले मुलुकलाई पुनः द्वन्द्वतर्फ धकेल्न सक्ने बताएका छन्।

    १२औँ संविधान दिवसका अवसरमा काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनको दोस्रो दशक : अवसर र चुनौती’ विषयक कार्यक्रममा बोल्दै पुनले संविधान निर्माणका क्रममा भएको संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई कमजोर पार्न नहुने बताएका हुन्।

    पुनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायलाई संविधानका आधारभूत संरचनाका रूपमा उल्लेख गर्दै यी पक्षलाई कमजोर पार्ने गरी संशोधन वा पुनर्लेखनतर्फ अघि बढ्दा शक्ति सन्तुलन बिग्रन सक्ने बताए।

    उनले भने, ‘बलिदान र संघर्षबाट प्राप्त उपलब्धिलाई सजिलै नकार्ने वा कमजोर पार्ने प्रयासले फेरि अर्को द्वन्द्व निम्त्याउन सक्छ।’

    यद्यपि, पुनले संविधानलाई समयअनुकूल विकास र परिमार्जन गर्दै लैजान सकिने बताएका छन्। बदलिँदो शक्ति सन्तुलन, नयाँ राजनीतिक शक्ति र नयाँ सम्भावनालाई सम्बोधन गर्दै संविधानको विकास गर्नुपर्ने उनको भनाइ छ।

    नयाँ राजनीतिक शक्तिलाई संविधानले सिर्जना गरेको संरचनाभित्र समेट्दै शक्ति सन्तुलन कायम गर्न सके राजनीतिक स्थायित्वमा सहयोग पुग्ने पुनले बताए।

    पुनले संविधानका आधारभूत संरचनामै प्रहार गर्नेभन्दा विगतका उपलब्धिको संरक्षण गर्दै आवश्यक सुधार र संशोधनमार्फत संविधानलाई अघि बढाउनुपर्नेमा जोड दिए।

    प्रकाशित मिति :आश्विन २ २०८३ शुक्रवार - ११:२१:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij