२०८२ भाद्र ८ गते आइतवार
मानिसहरुका केही यस्ता बानीहरु हुन्छन् जसले उनीहरुलाई नपुशंक बनाउने काम गरिरहेको हुन्छ । पुरुषको धेरै आनीबानीहरु स्पर्म काउन्ट घटाउन जिम्मेबार हुन्छन् ।
चिकित्सकहरुका अनुसार शरिरको तापक्रमको तुलनामा अण्डकोशको थैलीको तापक्रम करिब एक डिग्री कम हुन्छ । अण्डकोश थैलीको तापक्रम बढ्नाले स्पर्म काउन्ट कम हुन सक्छ । यसैगरी स्पर्म काउन्टमा तनावले पनि नकरात्मक असर पार्छ ।
ह्युमन रिप्रोडक्सनमा प्रकाशित एक रिसर्च अनुसार अधिकांश पुरुषहरुलाई आफ्नो प्रजनन क्षमताको बारेमा केही पनि जानकारी हुँदैन् । बिग्रदो जीवनशैली र प्रदुषण पनि पुरुषको प्रजनन क्षमतामा कमी आउनुको मुख्य कारण हुन् ।
नियमित मदिरा सेवन गर्नु
मदिरा, चुरोट र अन्य कुनै प्रकारको नशा लिनुले शरिरमा स्ट्रेट हार्मोनको लेभल बढ्छ यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।
ल्यापटप काखमा राखेर काम गर्नु
यदी नियमित ल्यापटप काखमा राखेर काम गर्नुहुन्छ भने यसको तातो अण्डकोशको थैलीसम्म पुग्छ । लामो समयसम्म यस्तो गर्नाले स्पर्म काउन्ट घट्छ ।
पर्याप्त निन्द्रा नपुर्याउनु
नियमित थोरै भन्दा थोरै सुत्नाले शरीरमा तनाव बढाउने वाला हार्मोनको लेभल बढाँउछ । यसले शरिरमा रक्त सञ्चार बिग्रिन्छ जसको कारणले स्पर्म काउन्ट कम हुँदै जान्छ ।
टाइट कपडा पहिरिनु
सधैं टाइट कपडा पहिरिनाले अण्डकोशको थैलीको तापक्रम बढ्छ जसको कारणले स्पर्म काउन्ट घट्न थाल्छ ।
सोयाबिन जन्य खानाहरु
हार्वड स्कूल अफ पब्लिक हेल्थले गरेको एक रिसर्च अनुसार धेरै सोयाबिन जन्य खानाहरु खानुहँदैन । यसमा हुने आइसोफ्लेवोनले स्पर्मको सङ्ख्या घटाँउछ ।
तनावमा रहनु
लगातार तनावमा रहनुले शरिरमा हार्मोनल असन्तुलन हुन्छ र साथमा शरिरको रक्त सञ्चार बिग्रिन्छ । यसले पनि स्पर्म काउन्ट कम हुन्छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij