Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रसुवाको बाढीग्रस्त क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार (सूचीसहित)

रसुवाको बाढीग्रस्त क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार (सूचीसहित)


  • 1.5K
    Shares

    रसुवाको बाढीग्रस्त क्षेत्रबाट २७ विदेशी पर्यटकको उद्धार (सूचीसहित)
    images

    काठमाडौं । रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा फसेका २७ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ। 

    नेपाल पर्यटन बोर्डले बिहीबार जारी गरेको रिपोर्ट अनुसार रसुवाको टिमुरे र भोटेकोशी क्षेत्रमा अलपत्र परेका ती पर्यटकहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा उद्धार गरिएको हो।

    गत बुधबार बिहान साढे ८ बजेतिर आएको आकस्मिक बाढीपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन प्रहरी र अन्य सरोकारवालाहरू बाढीग्रस्त क्षेत्रमा रहेका पर्यटकहरूको खोजी र उद्धारमा सक्रिय भएका थिए ।  उद्धार गरिएका पर्यटकहरूमा ११ जना भारतीय, ४ जना दक्षिण कोरियाली, २ जना इटालियन, २ जना अमेरिकी र ८ जना चिनियाँ मुलका नागरिकहरू रहेका छन्।

    ss_BvVtb17TvW.webp

    प्रकाशित मिति :भाद्र ११ २०८३ बिहिवार - १६:४८:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij