Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

संसदको रेकर्डबाट रास्वपा सांसद राना र एमाले नेता बादलका ७ शब्द हटाइए

संसदको रेकर्डबाट रास्वपा सांसद राना र एमाले नेता बादलका ७ शब्द हटाइए

images

  • 428
    Shares

    संसदको रेकर्डबाट रास्वपा सांसद राना र एमाले नेता बादलका ७ शब्द हटाइए
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरका तीन र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राखेका चार वटा शब्दहरु संसदको अभिलेखबाट हटाइएको छ । 

    प्रतिनिधि सभाको सोमवारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद राना र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरु अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् । सभामुख अर्यालले भदौ १ गतेको सभाको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरु संसदको रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

    साथै भदौ ३ गते एमाले संसदीय दलका नेता थापाले प्रयोग गर्नुभएका ‘नागरिकहरुको बली’, ‘पाकिस्तानी मोडल, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

    उनले भने, ‘मिति २०८१ भदौ १ गतेको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरु एवं मिति २०८३ भदौ ३ गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले प्रयोग गर्नुभएका ‘नागरिकहरुको बली’, ‘पाकिस्तानी मोडल, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’

    सभामुख अर्यालले छिमेकी मित्रराष्ट्रको शासकीय अभ्यासको विषयहरुलाई गलत अर्थ लाग्नेगरी नोपलको शासकीय अभ्यासको सन्दर्भसँग जोडेर उल्लेख नगर्न समेत सांसदहरुको ध्यानाकर्षण गराएका छन् । 

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १७:३७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij