Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, कांग्रेस विपक्षमा

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, कांग्रेस विपक्षमा


  • 897
    Shares

    कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, कांग्रेस विपक्षमा
    images

    काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएका छन्  । सोमबार बसेको प्रदेश सभा बैठकबाट उनले विश्वासको मत पाएका हुन् ।

    उनको पक्षमा ५७ मत खसेको छ भने विपक्षमा २२ मत खसेको छ । प्रदेशसभा बैठकमा विश्वासको मतको पक्षमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका सांसदले विश्वासको मत दिएका छन् । नेपाली कांग्रेसका सांसदहरूले भने विपक्षमा मतदान गरेका छन् ।

    कोशी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सदस्य रहेका छन् । राप्रपाका सांसदहरू भने तटस्थ बसे । कोशीमा राप्रपाका सभामुख सहित ५ सदस्य छन् ।  

     

     

    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १६:४९:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij