Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

कांग्रेसको आयोजनामा ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ हुँदै

कांग्रेसको आयोजनामा ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ हुँदै

images

  • 512
    Shares

    कांग्रेसको आयोजनामा ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ हुँदै
    images

    काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाल महिला सङ्घको सहकार्यमा आगामी भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन २०८३’ आयोजना हुने भएको छ। 

    महिलाको आर्थिक सशक्तीकरण, उद्यमशीलताको प्रवर्द्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको हो।

    ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालय परिसरमा बिहान ८ बजेदेखि सुरु हुने सम्मेलनले ‘स्टार्टअप’, ‘एमएसएमई’ तथा ‘एसएमई’ क्षेत्रमा कार्यरत महिला उद्यमीहरूका लागि अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङको साझा मञ्च उपलब्ध गराउने लक्ष्य राखेको छ। 

    सम्मेलनमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनीसमेत आयोजना गरिने प्रतिष्ठानअन्तर्गत उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितिका संयोजक खगेन्द्र आचार्यद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

    प्रदर्शनीमार्फत उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवा प्रत्यक्ष रूपमा उपभोक्ता, व्यवसायी, लगानीकर्ता र सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर पाउनेछन्। बीटुबी तथा बीटुसी नेटवर्किङलाई प्राथमिकता दिइने यस एक दिने सम्मेलनमा महिला उद्यमीका विद्यमान चुनौती, सम्भावना र अवसरबारे बहुआयामिक छलफल हुनेछ। सम्मेलनमा उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल छलफल राखिएका छन्, जहाँ व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि र निजी क्षेत्रका अनुभवी व्यक्तिहरूको सहभागिता रहनेछ।

    १० हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको सम्मेलनको समापनमा महिला उद्यमशीलतासम्बन्धी प्रमुख सुझाव र आगामी कार्यदिशा समेट्दै ‘सानेपा डिक्लेरेसन अन विमेन्स आन्टरप्रेनरसिप’ घोषणापत्र सार्वजनिक गरिनेछ।

     

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १६:१०:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij