Logo

२०८३ आश्विन २३ गते शुक्रवार

२०८३ आश्विन २३ गते शुक्रवार

लुम्बिनीमा तीन मन्त्रीले भोलि शपथ लिने

लुम्बिनीमा तीन मन्त्रीले भोलि शपथ लिने


  • 883
    Shares

    लुम्बिनीमा तीन मन्त्रीले भोलि शपथ लिने
    images

    काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गरेका तीन मन्त्रीले भोलि शपथ लिने भएका छन् ।

    मुख्यमन्त्री आचार्यले मन्त्रीका लागि सिफारिस गरेका नाम प्रदेश प्रमुखको कार्यालयमा पठाएपछि प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले भोलि दिउँसो शपथ गराउने तयारी भएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी काशीराम पन्थीले बताएका छन्।

    मन्त्री बन्न लागेका तीनै जना पूर्वमाओवादी पृष्ठभूमिका हुन् । थारू र पुन यसअघि पनि मन्त्री भइसकेका छन्। यसैबिच, नेकपाभित्र पूर्वनागरिक उन्मुक्ति पार्टी र समाजवादी पृष्ठभूमिका सांसदलाई मन्त्री नबनाइएको विषयमा असन्तुष्टि बढेको छ। पूर्वनागरिक उन्मुक्ति पार्टीका सांसद राजकुमार चौधरीले सभामुखलाई पत्र लेख्दै आफूहरूले सरकारलाई विश्वासको मत दिए पनि अब प्रतिपक्षमा बस्ने जानकारी गराएका छन्। उनले सोहीअनुसार प्रतिपक्षको कुर्सी व्यवस्थापन गर्न माग गरेका छन्।

    तीन मन्त्री थपिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीको संख्या १० पुग्नेछ। यसअघि एमालेबाट मुख्यमन्त्रीसहित पाँच जना र जसपा नेपालबाट दुई जना मन्त्री रहेका छन्। अब नेकपाबाट थप तीन जना मन्त्री सरकारमा सहभागी हुनेछन्।

    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १५:१९:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij