Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

बलात्कारपछि हत्या सम्बन्धी कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग

बलात्कारपछि हत्या सम्बन्धी कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग


  • 1.0K
    Shares

    बलात्कारपछि हत्या सम्बन्धी कानून संशोधन गर्न राप्रपा नेता शाहीको माग
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले बलात्कारपछि हत्या भएका घटनासम्बन्धी प्रचलित कानून संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले कानून संशोधनको मस्यौदा तयार गरी संसदमा ल्याउन सरकारसँग माग समेत गरेका छन् । नेता शाहीले  सत्तापक्ष र प्रतिपक्ष नभनि उक्त कानून संशोधन गरी संसदबाट पारित गर्नुपर्नेमा जोड दिएका छन्। 

    उनले भने, ‘बलात्कारपछि हत्याको सम्बन्धमा नेपालमा जुन प्रचलित कानून छ यसलाई संशोधन गर्नुपर्ने देखियो । हामी सरकारलाई अपिल गर्न चाहान्छौँ, कानूनको ड्राफ्ट बनाएर ल्याउनुहोस् । हामी सत्तापक्ष र प्रतिपक्ष नभनिकन यसलाई संशोधन गरौँ र संसदबाट पास गरौँ । यस विषयमा अब बोल्नुभन्दा पनि सरकारले मस्यौदा लिएर आओस् ।’

     

    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १४:५४:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij