Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने नेकपाको निर्णय

कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने नेकपाको निर्णय

images

  • 463
    Shares

    कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने नेकपाको निर्णय
    images

    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

    कोशी प्रदेश नेकपा संसदीय दलको आज बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको नेता राजेन्द्र राईले जानकारी दिएका छन् ।

    यसअघि एमालेले पनि विश्वासको मत दिने निर्णय गरिसकेको छ । यस्तै, राप्रपा भने विश्वासको मतमा तटस्थ बस्ने भएको छ । काङ्ग्रेसले भने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

    मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदैछन् । एमाले र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० बिच भएको तीन बुँदे सहमति अनुसार गएको सोमबार नयाँ मन्त्रीहरूको शपथ ग्रहण भएको थियो । 

    त्यसअगाडि नेपाली कांग्रेसले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन भदौ ३ गते नै फिर्ता लिएको पत्र संसद् सचिवालयमा दर्ता गरिसकेको छ । गएको साउन ९ गते भएको एमाले र नेकपाबिच प्रदेश सरकारमा गठबन्धन गर्ने सहमति भएको थियो । 

     

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १४:२६:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij