Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

गरिमा चौधरी हत्या प्रकरणः घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

गरिमा चौधरी हत्या प्रकरणः घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सांसदहरुले गराए सरकारको ध्यानाकर्षण


  • 911
    Shares

    गरिमा चौधरी हत्या प्रकरणः घटनामा संलग्नलाई हदैसम्मको कारबाही गर्न सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
    images

    काठमाडौं । तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाबारे सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको सोमवारको बैठकमा सांसदहरुले दोषिमाथि हदैसम्मको कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

    बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद प्रमिलाकुमारी गच्छदारले सरकारले बालिकाको परिवारसँग गरेको सहमतिप्रति आपत्ति जनाएकी छन्। उनले बालिकाको जीवन सालिक ठड्याएर फिर्ता नआउने भन्दै यस्ता घटनामा राहत र सहमतिपत्रभन्दा कानूनको प्रभावकारी कार्यान्वयन जरुरी रहेको बतायन् ।

    उनले सहमतिपत्रले तत्काल आन्दोलन रोक्न र राहतले क्षणिक पीडा कम गर्न सक्ने भएपनि त्यसले दीर्घकालीन न्यायको अनुभूति तथा राज्यप्रतिको विश्वास पुनःस्थापित गर्न नसक्नेतर्फ सरकार सचेत हुनुपर्ने बताइन् । साथै उनले जघन्य अपराधका घटनामा मिलापत्र गराउने मतियारलाई हदैसम्मको कारबाही गर्न समेत सरकारसँग माग गरेकी छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद श्रद्धा कुँवर क्षेत्रीले सबै नागरिकले मुलुकमा सम्मानजनक रुपमा बाँच्न पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएकी छन् । उनले दोषिलाई कारबाही गर्ने कुरामा संविधानका अक्षर मात्र हेरेर नहुने भन्दै अपराधको प्रकृति र गम्भीरताका आधारमा कारबाही गर्नुपर्ने बताएकी छन् । उनले पकेटमार र बलात्कारीलाई एउटै कोठामा राखेर सजाय दिन नमिल्ने भन्दै बलात्कारी र जघन्य महिला हिंसाका अपराधीलाई बलियो कानूनी कारबाहीको व्यवस्था गरिनुपर्ने बताएकी छन्।

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद बलावती शर्माले गरिमा चौधरीको बलात्कारपछि हत्या र खुशी खातुनको हत्याको घटनाले सिंगो राज्यलाई लज्जित बनाएको बताएकी छन्। उनले यस घटनाले सरकारलाई समेत गम्भीर आशंका र प्रश्नको घेरामा उभ्याएको बताएकी छन्। उनले छोरीहरु आफ्नै घर आँगनमा समेत असुरक्षित बन्नुपर्ने, पीडित परिवारले न्यायको याचना गर्दै सडकमा आन्दोलन गर्नुपर्ने विडम्बनापूर्ण स्थिति सिर्जना भएको भन्दै चिन्ता समेत व्यक्त गरीन् । 

    बैठकमा बोल्ने अधिकांश सांसदहरुले गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न दोषिहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् । उनीहरुले महिलामाथि हुने कुनैपनि प्रकारको हिंसा रोकी सम्मानसाथ बाँच्न पाउने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण समेत गराए ।

    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १४:१५:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij