Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

मुख्यमन्त्री थापा मगरको नियुक्तिविरुद्ध दुई रिट दायर

मुख्यमन्त्री थापा मगरको नियुक्तिविरुद्ध दुई रिट दायर

images

  • 456
    Shares

    मुख्यमन्त्री थापा मगरको नियुक्तिविरुद्ध दुई रिट दायर
    images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्ति बदर गर्न माग गर्दै उच्च अदालत हेटौंडा इजलासमा मुद्दा दायर भएको छ । उच्च अदालत हेटौँडा इजलासमा भदौ ५ गते उत्प्रेषण रिट दायर भएको हो । 

    उक्त रिट उच्च अदालत पाटन हेटौँडा इजलासकी न्यायाधीश बबिता उप्रेतीको एकल इजलासमा पेसी समेत चढेको छ भने हाल बहस भइरहेको छ । 

    मुख्यमन्त्री थापाको नियुक्तिको प्रक्रिया संविधान विपरीत रहेको दाबी गर्दै अधिवक्ता मोहनप्रसाद ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बागमती प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङले छुट्टाछुट्टै उत्प्रेषण रिट दायर गरेकी हुन् । 

    उक्त रिटमा प्रदेश प्रमुखको कार्यालय, प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, बागमती प्रदेशसभा, सभामुख, मुख्यमन्त्री थापा मगर, उद्धव थापा, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता शालिकराम जम्कट्टेललाई विपक्षी बनाइएको छ। 

     

     

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १३:५४:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij