Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

परराष्ट्रमन्त्री खनाल सर्बिया जाने

images

  • 400
    Shares

    परराष्ट्रमन्त्री खनाल सर्बिया जाने
    images

    काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागिता जनाउने भएको छ ।

    सर्बियाको राजधानी बेलग्रेडमा भदौ १५ र १६ गते उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ । परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलले उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने निर्णय मन्त्रिपरिषद्ले साउन २६ गते गरेको थियो ।

    सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो । पहिलो सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष बेलग्रेडमा उच्चस्तरीय स्मरणसभा आयोजना गर्न लागिएको हो ।

    परराष्ट्र मन्त्रालयका अनुसार उच्चस्तरीय स्मरणसभा (हाईलेभल कमेमोरेटिभ मिटिङ) मा सहभागी हुन मन्त्री खनाल भदौ १४ गते साँझ सर्बिया प्रस्थान गर्ने उनका सचिवालयले जनाएको छ । उनी भदौ १७ गते सर्बियाबाट नेपाल फर्कने कार्यक्रम रहेको छ ।

    उक्त कार्यक्रममा विश्वका नेताहरू, विभिन्न मुलुकका प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

     

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १३:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij