Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा निजी सवारीको प्रवेश खुला

नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा निजी सवारीको प्रवेश खुला

images

  • 512
    Shares

    नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा निजी सवारीको प्रवेश खुला
    images

    काठमाडौं । नागढुंगा-सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुला गरिएको छ । 

    सडक विभागका अनुसार सोमबार बिहान ९ बजेदेखि ९ जनासम्म यात्रु क्षमता भएका निजी सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न खुला गरिएको हो ।

    सुरुङमार्गबाट कार, जीप, भ्यानलगायत ९ सिटसम्मका निजी सवारीसाधनले काठमाडौं–धादिङ आउजाउ गर्न सक्नेछन् । यसअघि इमर्जेन्सी सवारी, एम्बुलेन्स तथा सरकारी नम्बर प्लेटका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइँदै आएको थियो ।

    सडक विभागका अनुसार सोमबारदेखि यी सवारीसाधनसँगै ९ सिटसम्मका निजी सवारीसाधनलाई पनि सुरुङमार्ग हुँदै आवागमन गर्न अनुमति दिइएको हो ।

    नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनमा आएसँगै काठमाडौंबाट धादिङतर्फ तथा धादिङबाट काठमाडौंतर्फ जाने सवारीसाधनले नागढुंगाको उकालो सडकको विकल्पका रूपमा सुरुङमार्ग प्रयोग गर्न सक्ने भएका छन् । 
     

     

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १३:३४:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij