Logo

२०८३ भाद्र ८ गते सोमवार

२०८३ भाद्र ८ गते सोमवार

सर्वोच्चले माग्यो दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण

सर्वोच्चले माग्यो दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण

images

  • 365
    Shares

    सर्वोच्चले माग्यो दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण
    images

    काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा सरकारका नाममा ‘कारण देखाऊ’ आदेश जारी गरेको छ । 

    न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले प्रसाईंको बन्दीप्रत्यीकरण रिटमा कारण माग गर्दै विपक्षीका नाममा सो आदेश दिएको हो ।

    प्रसाईंकी श्रीमती उमा प्रसाईंले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले प्रसाईंलाई किन जारी हुनु नपर्ने हो ? भन्दै आधार र कारण खुलाएर बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ । यस्तो जवाफ महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न भनिएको छ।

    यसका साथै, अदालतले गत भदौ ४ गते प्रसाईंको घर खानतलासी गर्दा बरामद गरिएका भनिएका सामानहरू समेत आगामी पेसीका दिन अदालतमा उपस्थित गराउन जिल्ला प्रहरी परिसर भक्तपुरलाई निर्देशन दिएको छ ।

     

    images
    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - १२:५९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij