Logo

२०८३ आश्विन २२ गते बिहिवार

२०८३ आश्विन २२ गते बिहिवार

किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेको हुँ: रवि लामिछाने

किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेको हुँ: रवि लामिछाने


  • 1.1K
    Shares

    किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी नमस्कार गरेको हुँ: रवि लामिछाने
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले किस्तीमा आएको प्रधानमन्त्री पद हाँसीहाँसी छोडेको बताएका छन् । 

    आइतबार आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा लामिछानेले २१ सिटे दलको नेताका रूपमा प्रधानमन्त्री बन्न प्रस्ताव आए पनि आफूले अस्वीकार गरेको बताएका हुन् ।

    ‘मलाई २१ सिटको दलको नेताका रूपमा प्रधानमन्त्री बन्नका लागि मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव पनि आएको थियो । भइदिऊँ न त भन्दा गाह्रो पनि थिएन,’ उनले भने, ‘म यहाँ गर्वका साथ भन्न सक्छु, किस्तीमा आएको प्रधानमन्त्री पदलाई हाँसीहाँसी नमस्कार गरेको हुँ ।’

    लामिछानेले आफूले त्यागीको उपाधि पाउने लोभले नभई यति धेरै प्रतिबद्धता आवश्यक छ भन्ने सन्देश दिन खोजेको बताए । ‘मैले यसलाई असाध्यै धेरै गर्वको विषय बनाएको होइन, इतिहासको पानामा दर्ज मात्रै गराउन खोजेको हो । किनकि यो आन्दोलनले, यो मोमेन्टले कुरिरहेको थियो,’ लामिछानेले भने ।

    प्रकाशित मिति :भाद्र ८ २०८३ सोमवार - ०५:२७:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij