Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की

फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की


  • 715
    Shares

    फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की
    images

    काठमाडौं । काठमाडौं उपत्यकासहितको फोहोर व्यवस्थापन सम्बन्धी बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०की सांसद आशिका तामाङ र स्थानीय तहका प्रमुखहरुबीच विवाद भएको छ । 

    शुक्रवार सिंहदरबारमा सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सनाले बञ्चरेडाँडमा फोहोर व्यवस्थापन गर्दै आएका काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरुसँगको छलफल राख्नुभएको थियो । उक्त छलफल कार्यक्रममा स्थानीय तहका प्रमुखहरु र सांसद तामाङबीच चर्काचर्की परेको हो । 

    सांसद तामाङले बैठकमा प्रभावित स्थानीय तहका प्रमुखहरु उपस्थित नभएको तथा उपस्थित प्रतिनिधिहरुलाई समेत घर जान हतार भएको टिप्पणी गरेपछि विवाद शुरु भएको हो । बैठकमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सांसद तामाङको शैली आक्रामक भएको भन्दै आपत्ति जनाए । उनले स्थानीय तहहरुमाथि खनिनुभन्दा फोहोर व्यवस्थापनको इतिहास अध्ययन गर्न समेत सांसद तामाङलाई आग्रह गरे ।

    उनले भने, ‘हेर्नुस्, तपाईको कुरा धेरै आक्रमक छ, यसरी हुँदैन । कुरा गर्दाखेरी फोहोरमैला व्यवस्थापनको इतिहास पनि स्टडी गर्नुपर्छ ।’

    लगत्तकै सांसद तामाङले ‘छलफल यहाँ नभई बञ्चरेडाँडामा हुन्छ ।’ भन्दै टेबल ठोक्नुभयो । स्थानीय तहका प्रमुखहरुसँगको विवाद उत्कर्षमा पुगेपछि सांसद तामाङ छलफल कक्षबाट बाहिरिन  । सांसद तामाङ बाहिरिएपछि स्थानीय तहका प्रमुखहरुले कार्यक्रम संयोजन प्रभावकारी हुन नसकेको गुनासो गरे । आइन्दा संयोजन प्रभावकारी बनाउन समेत मन्त्री तिमिल्सिनाको ध्यानाकर्षण गराए। 

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १८:३४:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij