Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

मुख्यमन्त्री थापाको विश्वासको मत लिने मिति सर्‍यो

मुख्यमन्त्री थापाको विश्वासको मत लिने मिति सर्‍यो


  • 526
    Shares

    मुख्यमन्त्री थापाको विश्वासको मत लिने मिति सर्‍यो
    images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिने मिति संशोधन भएको छ । 

    यसअघि ७ भदौ आइतबार विश्वासको मत लिने गरी तय गरिएको प्रदेशसभा बैठकले अब ८ भदौ सोमबारलाई संशोधन गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको हो ।

    प्रदेशसभा सचिवालयका प्रवक्ता कानुन उपसचिव प्रकाश चापागाईंका अनुसार शुक्रबार जारी गरेको संशोधित सूचनाअनुसार प्रदेशसभाको आठौं अधिवेशनको १८औँ बैठक ८ भदौ सोमबार दिउँसो १ बजे बस्ने भएको छ ।

    संशोधित बैठकमा मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नेछन् ।

    मुख्यमन्त्री थापामगर बिहीबार बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नयाँ सत्ता समीकरणअन्तर्गत एमाले, नेकपा र राप्रपाको समर्थनमा थापामगर मुख्यमन्त्री बनेका हुन् ।

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १७:५३:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij