२०८३ भाद्र ७ गते आइतवार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेटभित्र सुनजस्तो धातु लुकाएर ल्याउने एक बंगलादेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३५ वर्षीय बंगलादेशी नागरिक मोहम्मद रसेल हल्दार रहेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार हल्दार गत साउन ३१ गते फ्लाइ दुबईको उडानमार्फत दुबईबाट काठमाडौं आएका थिए ।
विमानस्थलको आगमनतर्फको भन्सार क्षेत्र पार गरी पार्किङतर्फ जाँदै गर्दा सादा पोसाकमा खटिएका प्रहरीले शंका लागेपछि उनलाई नियन्त्रणमा लिएका थिए ।
सोधपुछका क्रममा उनले करिब १५० ग्राम सुन क्याप्सुल बनाएर निलेको स्वीकार गरेपछि उनलाई परीक्षणका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल लगिएको थियो ।
अस्पतालमा गरिएको एक्स–रे परीक्षणका क्रममा उनको पेटभित्र शंकास्पद धातु देखिएको थियो । स्वास्थ्य अवस्था सामान्य रहेपछि उनलाई कानुनी प्रक्रिया पूरा गरी पाँच दिनसम्म अस्पतालमै राखिएको थियो ।
शुक्रबार शौच गर्ने क्रममा उनको पेटबाट क्याप्सुल आकारका दुईवटा पहेंलो धातु बरामद भएको छ । बरामद गरिएको धातुको तौल करिब १५० ग्राम रहेको प्रहरीले जनाएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार हल्दारलाई आवश्यक अनुसन्धान तथा थप कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको छ ।
सन्य लेफ्टिनेन्ट जनरल डेभिसले ती व्यक्तिहरू महत्त्वपूर्ण मिसन पूरा गर्न समर्पित पेशेवरहरू भएको उनीहरुले जनाएका छन् ।
'
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij