Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

राष्ट्रिय सभा बैठक चार दिनपछि बस्ने गरी स्थगित

राष्ट्रिय सभा बैठक चार दिनपछि बस्ने गरी स्थगित


  • 1.0K
    Shares

    राष्ट्रिय सभा बैठक चार दिनपछि बस्ने गरी स्थगित
    images

    काठमाडौं । चार दिनपछि बस्नेगरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

    शुक्रबारको राष्ट्रिय सभाको बैठक स्थगित गर्दै सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अर्को बैठक यही भदौ ९ गते बस्ने जानकारी दिए ।

    आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक प्रस्तुत गरिन् ।

    सभामा यो विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधन राख्ने समय खुला भएको छ ।

     

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १७:१६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij