Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

रास्वपाको संगठन विभाग प्रमुखमा न्यौपाने, अर्थमा अधिकारी

रास्वपाको संगठन विभाग प्रमुखमा न्यौपाने, अर्थमा अधिकारी


  • 484
    Shares

    रास्वपाको संगठन विभाग प्रमुखमा न्यौपाने, अर्थमा अधिकारी
    images

    काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीले विभिन्न विभाग प्रमुखको नाम टुंग्याएको छ । पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा जारी पार्टी केन्द्रिय समितिको बैठकले पार्टी विभाग प्रमुखहरु अनुमोदन गर्ने निर्णय गरेको पार्टी केन्द्रिय सदस्य मनिष झाले जानकारी दिए ।

    उनकाअनुसार पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रिय सदस्य प्रमोद न्यौपानेलाई अनुमोदन गरिएको छ । उनले अर्थ विभाग प्रमुखमा पूर्वकोषाध्यक्ष एवं सांसद लिमा अधिकारीलाई गरिएको बताए । पार्टीको प्रशिक्षण विभाग प्रमुखमा हाल कोही नरहेकोले कायममुकायम जिम्मेवारी महामन्त्री विपिन आचार्यलाई दिइएको उनले बताए । उनले पार्टीको प्रशिक्षण विभागको उपप्रमुखमा सांसद कमल सुवेदीलाई जिम्मेवारी दिइएको बताए।

    उनले भने, ‘जारी केन्द्रिय समितिको बैठकले पार्टीको पूर्वकोषाध्यक्ष एवं सांसद लिमा अधिकारीलाई पार्टीको अर्थ विभागको प्रमुखमा अनुमोदन गरिएको छ । पार्टीको प्रशिक्षण विभाग प्रमुखमा अहिलेको लागि कोही नरहेकोले गर्दा कायममुकायम भूमिकाको लागि महामन्त्री विपिन आचार्यज्यूलाई नै जिम्मेवारी दिइएको छ । र उपप्रमुखमा सांसद कमल सुवेदीज्युलाई जिम्मेवारी दिइएको छ । पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रिय सदस्य प्रमोद न्यौपानेज्यूलाई अनुमोदन गरेको छ ।’

    झाकाअनुसार सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्य विभागमा डा. तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कुटनीतिक विभागमा शिशिर खनाल मनोनित हुनुभएको छ । 

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १६:५४:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij