Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री शाह

अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री शाह


  • 554
    Shares

    अन्नपूर्ण ईको भिलेज रिसोर्ट पुगे प्रधानमन्त्री शाह
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ अस्तामस्थित अन्नपूर्ण इको भिलेज रिसोर्ट पुगेका छन् ।

    प्रधानमन्त्री शाह शुक्रबार पोखरा हुँदै अस्ताम पुगेका हुन् । उनी दिउँसो करिब ३ बजे रिसोर्ट पुगेको बताइएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शाहको यो भ्रमण पूर्ण रूपमा पारिवारिक रहेको छ । सरकारी वा राजनीतिक कार्यक्रम नरहेको कार्यालयले जनाएको छ ।

    प्रधानमन्त्री शाह आज राति सोही रिसोर्टमा बस्नेछन् भने शनिबार त्यहाँबाट मुस्ताङ जाने कार्यतालिका रहेको छ ।

    कास्कीको अस्ताम प्राकृतिक सौन्दर्य र ग्रामीण पर्यटनका लागि परिचित क्षेत्र हो । अन्नपूर्ण इको भिलेज रिसोर्ट माछापुच्छ्रे गाउँपालिका–६ मा रहेको पर्यटकीय गन्तव्यका रूपमा परिचित छ ।

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १६:४२:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij