Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक


  • 701
    Shares

    जनकपुरमा प्रोटोनको १०औँ सोरुम, सोरुम शुभारम्भसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
    images

    काठमाडौं । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले जनकपुरमा आफ्नो नयाँ आधिकारिक सोरुम शुभारम्भ गर्दै विशेष समारोहबीच ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक गरेको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको इ.मास ५ ले सहरी जीवनशैली तथा दैनिक यात्रालाई थप सहज, स्मार्ट र आधुनिक बनाउने लक्ष्य बोकेको कम्पनीले जनाएको छ।

    हालै मलेसियामा आयोजित प्रतिष्ठित ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Year 2026’ को उपाधि जित्न सफल प्रोटोन इ.मास ५ अत्याधुनिक प्रविधि, स्मार्ट फिचर र इन्टेलिजेन्ट डिजाइनको उत्कृष्ट संयोजनका रूपमा प्रस्तुत गरिएको छ।

    इ.मास ५ मा १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो जस्ता आधुनिक सुविधा उपलब्ध छन्। त्यसैगरी, ७० लिटरको फ्रन्ट फ्रङ्क, ३७५ लिटरसम्म विस्तार गर्न सकिने पछाडिको लगेज स्पेस तथा ३२ वटा स्टोरेज कम्पार्टमेन्टले दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म आवश्यक व्यावहारिकता र सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ।

    सोरुम उद्घाटन तथा इ.मास ५ सार्वजनिककरण समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख श्री किशोरी साहज्यू, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार तथा अन्य विशिष्ट अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा देखिएको उत्साहजनक सहभागिताले जनकपुर तथा आसपासका क्षेत्रमा विद्युतीय सवारीप्रति बढ्दो आकर्षण र दिगो यातायातप्रतिको विश्वासलाई प्रतिबिम्बित गरेको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर श्री सुशील क्षेत्रीले भने, “प्रोटोनसँगको हाम्रो सफल साझेदारीलाई निरन्तरता दिँदै आज जनकपुरका ग्राहकहरूमाझ प्रोटोन इ.मास ५ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त उत्साहित छौँ। आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक उपयोगिता र आकर्षक मूल्यको संयोजनले इ.मास ५ यस क्षेत्रका ग्राहकहरूको रोजाइमा पर्नेमा हामी विश्वस्त छौँ।

    भक्तपुरबाट सुरु भएको इ.मास ५ को क्षेत्रीय सार्वजनिककरण अभियान धनगढी हुँदै जनकपुरसम्म  आइपुगेको छ र भोलि वीरगञ्जमा हुने कार्यक्रमसँगै यसको क्षेत्रीय सार्वजनिककरण अभियानले अर्को महत्वपूर्ण चरण पूरा गर्नेछ। यससँगै नेपालभर रहेका ११ वटा प्रोटोन सोरुममार्फत इ.मास ५ लाई ग्राहकहरूमाझ पुर्याउँदै विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा स्थापित गर्ने हाम्रो अभियानलाई थप विस्तार गर्नेछौँ।”

    प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध छ। जनकपुरमा आयोजित क्षेत्रीय सार्वजनिककरणको अवसरमा जगदम्बा मोटर्सले प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३२.९९ लाख तथा प्रिमियम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. ३६.९९ लाख निर्धारण गरेको जनाएको छ।

    अब इच्छुक ग्राहकहरूले जनकपुरस्थित प्रोटोनको नयाँ आधिकारिक सोरुममा पुगेर इ.मास ५ को प्रत्यक्ष अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्नेछन्। ग्राहकहरूले सोरुममै पुगेर गाडीका आधुनिक प्रविधि, स्मार्ट फिचर, डिजाइन तथा ड्राइभिङ अनुभवबारे विस्तृत जानकारीसमेत प्राप्त गर्न सक्नेछन्। नेपालभर प्रोटोनको उपस्थितिलाई थप विस्तार गर्दै क्षेत्रीय बजारमा विद्युतीय सवारीको पहुँच बढाउने जगदम्बा मोटर्सको अभियानअन्तर्गत जनकपुरको नयाँ सोरुम शुभारम्भलाई अर्को महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १६:२१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij