२०८३ भाद्र ७ गते आइतवार
काठमाडौं । ६१ वर्षीया एकल महिलामाथि जबर्जस्ती करणीको आरोप, २१ वर्षीय युवक पक्राउ
रामेछाप नगरपालिका–४, तिलबारीमा ६१ वर्षीया एकल महिलामाथि जबर्जस्ती करणी गरेको आरोपमा २१ वर्षीय युवक पक्राउ परेका छन्।
प्रहरीका अनुसार सुनसरी घर बताउने तथा लिखु बृहत् खानेपानी आयोजनामा मजदुरका रूपमा कार्यरत प्रेम बिसुंखेले भदौ २ गते ती महिलाकै घरमा जबर्जस्ती करणी गरेको आरोप लागेको छ।
घटनापछि फरार भएका उनलाई इलाका प्रहरी कार्यालय धोबी डाँडाबाट खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा भदौ ३ गते तिलबारीस्थित एउटा खाली घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका युवकविरुद्ध घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आरोप पुष्टि हुन बाँकी रहेकाले अन्तिम निर्णय कानुनी प्रक्रियाबाट हुने बताइएको छ।
घटनाको निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी ठहरिए कानुनअनुसार कारबाही गर्न स्थानीयले माग गरेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij