२०८३ भाद्र ७ गते आइतवार
काठमाडौं । टीकापुर हत्याकाण्डको मुद्दामा तीन तहकै अदालतबाट दोषी ठहर भई जन्मकैदको सजाय पाएका रेशम चौधरीलाई आममाफी दिने तत्कालीन सरकारको निर्णय विरुद्ध परेको मुद्दा हेर्न नमिल्ने सूचीमा राखिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको थियो । साढे दुई वर्षदेखि सुनुवाइ हुन नसकेको रेशमको माफी विरुद्धको रिट अग्राधिकारमा राखेर सुनुवाइका लागि पेसी तोकिएको थियो ।
टीकापुर नरसंहारमा चौधरीलाई दोषी ठहर गरेकोमा कैद सजाय पूरा नहुँदै राष्ट्रपतिबाट कैद सजाय छुट दिएपछि सो उपर शारदा बोहरा कडायतले मुद्दा दर्ता गरेकी थिइन् । शारदा सो घटनामा परी मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी हुन् ।
टीकापुर हत्याकाण्डका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध कैलाली जिल्ला, दिपायल उच्च अदालतले गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले २०७९ जेठ २ गते मात्रै सदर गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij