Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

मुख्यमन्त्री थापाले भदौ ७ मा विश्वासको मत लिने, प्रदेशसभा बैठक आह्वान

मुख्यमन्त्री थापाले भदौ ७ मा विश्वासको मत लिने, प्रदेशसभा बैठक आह्वान


  • 498
    Shares

    मुख्यमन्त्री थापाले भदौ ७ मा विश्वासको मत लिने, प्रदेशसभा बैठक आह्वान
    images

    काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आगामी भदौ ७ गते विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै भदौ ७ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको हो ।

    भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । 

    प्रदेशसभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेश सभाको आठौँ अधिवेशनको १८ औँ बैठकका लागि प्रदेशसभाका उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम आइतबार दिनको १ बजेको समय निर्धारण गरेका हुन् ।

    उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस हुने उनको भनाइ छ ।

    vv_4Mxf4D4r7v.jpg

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १४:५०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij