Logo

२०८३ भाद्र ७ गते आइतवार

२०८३ भाद्र ७ गते आइतवार

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)

तीन वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)


  • 1.1K
    Shares

    तीन वर्षीया बालिकाको बलात्कारपछि हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन (तस्बिरहरु)
    images

    काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा शुक्रवार काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
     
    अधिकारकर्मी र मृतकका आफन्तहरूको अगुवाइमा भएको उक्त शान्तिपूर्ण विरोध सभामा सहभागीहरूले बालिका चौधरीको हत्यामा संलग्नलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिन माग गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले ‘जस्टिस फर गरिमा चौधरी’, ‘बलात्कारीलाई फाँसीको सजाय देऊ’ र ‘बलात्कार तथा हत्या जस्ता जघन्य अपराधविरुद्ध कडा कानून लागू गर’ जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए ।

    छोरी–चेलीमाथि भइरहेका जघन्य अपराधका घटना नियन्त्रण गर्न र नागरिकको सुरक्षा सुनिश्चित गर्न माग गर्दै उनीहरूले राज्यको ध्यानाकर्षण गराएका छन् । सत्य, न्याय र सुरक्षाका लागि आयोजित यस प्रदर्शनमा सहभागीहरूले दोषीलाई कानूनी कठघरामा उभ्याउन र भविष्यमा यस्ता घटना हुन नदिन सरकारसँग कडा कानूनको माग गरेका छन् । 

     

    g1.jpgg2.jpg

    g3.jpg

    g4.jpg

    g5.jpg

    g6.jpg 

     

    g7.jpgg8.jpg

    g9.jpg

    g10.jpg 

     

    images
    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १३:४१:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij