Logo

२०८३ आश्विन २१ गते बुधवार

२०८३ आश्विन २१ गते बुधवार

‘नाबालकको सर्वोत्तम हित’ भन्दै विदेशी आमाको भिसा नियमित गर्न उच्च अदालतको आदेश

‘नाबालकको सर्वोत्तम हित’ भन्दै विदेशी आमाको भिसा नियमित गर्न उच्च अदालतको आदेश


  • 1.3K
    Shares

    ‘नाबालकको सर्वोत्तम हित’ भन्दै विदेशी आमाको भिसा नियमित गर्न उच्च अदालतको आदेश
    images

    काठमाडौं । उच्च अदालत पाटनले एक विदेशी नागरिकको छोराको शिक्षा र ‘नाबालकको सर्वोत्तम हित’ लाई ध्यानमा राख्दै उनकी आमालाई नेपालमा बस्न अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । 

    उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम निरौला र अच्युत कुइकेलको संयुक्त इजलासले मोनिका रोमेइको रिट निवेदनमाथि सुनुवाइ गर्दै विपक्षी शिक्षा तथा खेलकुद मन्त्रालय लगायतका निकायका नाममा अन्तरिम आदेश जारी गरेको हो ।

    मोनिका रोमेइकोका छोरा इजा रोमेइको नूरमोहम्मद सन् २०२० देखि कास्की जिल्लाको पोखरा महानगरपालिकास्थित ताल बाराही माध्यमिक विद्यालयमा अध्ययनरत छन् । हाल कक्षा १० मा पढ्दै गरेका ती बालकको भिसा नवीकरणका लागि शिक्षा मन्त्रालयले सिफारिस गरेको थियो । 

    तर, छोराको साथमा संरक्षकका रूपमा रहेकी आमा मोनिकाको ‘आश्रित भिसा’ नवीकरणका लागि भने मन्त्रालयले सिफारिस नगरेपछि उनी कानुनी उपचारका लागि अदालत पुगेकी थिइन् ।

    आमाको भिसा नवीकरण नहुँदा उनले नेपाल छोड्नुपर्ने र त्यसबाट नाबालक छोराको संरक्षण र शिक्षामा गम्भीर असर पर्ने देखिएको थियो । अदालतले बालक कक्षा ५ देखि १० सम्म नेपालमै निरन्तर अध्ययन गरिरहेको र हाल माध्यमिक शिक्षा परीक्षा एसइई को तयारीमा रहेको तथ्यलाई विशेष ध्यान दिएको छ ।

     

    प्रकाशित मिति :भाद्र ५ २०८३ शुक्रवार - १३:३३:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij