Logo

२०८३ आश्विन १८ गते आइतवार

२०८३ आश्विन १८ गते आइतवार

साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति

साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति


  • 2.1K
    Shares

    साउनमा ७० हजारभन्दा बढी नेपालीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
    images

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा वैदेशिक रोजगारीका लागि ७० हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको साउन महिनाको तथ्याङ्क अनुसार कुल ७० हजार ४४१ जनाले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका हुन् ।

    श्रम स्वीकृति लिनेहरूमा पुरुषको सङ्ख्या धेरै देखिएको छ ।  कुल सङ्ख्यामध्ये ६० हजार ४७२ जना ८५.८ प्रतिशत पुरुष रहेका छन् भने ९ हजार ९६९ जना १४.२ प्रतिशत महिला रहेका छन्।

    नेपाली श्रमिकका लागि संयुक्त अरब इमिरेट्स पहिलो रोजाइको मुलुक बनेको छ । साउन महिनामा मात्रै १८ हजार ७८४ जनाले युएईका लागि श्रम स्वीकृति लिएका छन् । अन्य देशहरू मलेसिया १२ हजार ४९८ जना, कतारमा १० हजार ३६० जना, साउदी अरबमा ८ हजार ६१३ जना, कुवेत ४ हजार ५६७ जना र रोमानियामा २ हजार ९०८ जना गएका छन् । 

    जापान, ओमान, पोर्चुगल र टर्कीमा पनि नेपाली श्रमिकहरूको आकर्षण बढ्दो देखिएको छ । तराईका जिल्लाहरूबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च छ ।

    विभागको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीमा जानेहरूमा दक्ष श्रमिकको सङ्ख्या सबैभन्दा बढी छ । ४० हजार ४९६ जना दक्ष श्रमिकका रूपमा बिदेसिएका छन् । यस्तै, १७ हजार ९९९ जना अदक्ष र ११ हजार ४६५ जना अर्ध–दक्ष श्रमिकका रूपमा बाहिरिएका छन् । उच्च दक्ष र व्यावसायिक क्षेत्रमा जानेको सङ्ख्या भने निकै न्यून १०३ र ३७८ जना रहेको छ ।

    कुल स्वीकृतिमध्ये २९ हजार ४४७ जनाले म्यानपावर कम्पनी मार्फत र २७ हजार ७४८ जनाले व्यक्तिगत रूपमा पुनः श्रम स्वीकृति लिएका छन् ।  त्यस्तै, १२ हजार ४४२ जना नयाँ व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् भने ७१२ जना सरकार–देखि–सरकार प्रक्रियामार्फत बिदेसिएका छन् ।

     

    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - १३:११:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij