Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नागरिकसँग प्रत्यक्ष संवाद गर्दै अर्थमन्त्री वाग्ले

नागरिकसँग प्रत्यक्ष संवाद गर्दै अर्थमन्त्री वाग्ले


  • 421
    Shares

    नागरिकसँग प्रत्यक्ष संवाद गर्दै अर्थमन्त्री वाग्ले
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुरु गरेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत आज पार्टीका उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।

    रास्वपाको केन्द्रीय कार्यालयमा साँझ ५ बजेपछि आयोजना हुने कार्यक्रममा नागरिकले आफ्ना समस्या, गुनासा, अपेक्षा तथा सुझावहरू प्रत्यक्ष रूपमा अर्थमन्त्री वाग्लेसमक्ष राख्न पाउनेछन् ।

    रास्वपाका अनुसार कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ । पहिलो चरणमा आम नागरिकले प्रत्यक्ष रूपमा अर्थमन्त्रीसमक्ष आफ्ना समस्या, गुनासा, अपेक्षा र सुझाव राख्नेछन् ।

    दोस्रो चरणमा नागरिकबाट प्राप्त सुझावका आधारमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच समसामयिक तथा नीतिगत विषयमा छलफल गरिनेछ ।

    नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले भदौ १ गतेदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालनमा ल्याइएको रास्वपाले जनाएको छ ।

    कार्यक्रमलाई प्रभावकारी बनाउन सम्बन्धित सबै सरोकारवाला तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि रास्वपाले आग्रह गरेको छ ।

    images
    प्रकाशित मिति :भाद्र ४ २०८३ बिहिवार - ११:४८:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij