२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । साताको पाचौ कारोबारको दिन बिहिबार नेपालि बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य २६० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ३ लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला ४ हजार ८५५ निर्धारण भएको छ ।
हिजो छापावाल सुन प्रतितोला ३ लाख चार हजार १०० र असली चाँदी प्रतितोला ४ हजार ५९५ मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij