Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

अब ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एपबाट थाहा पाइनेछ सार्वजनिक बसको लोकेसन

अब ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एपबाट थाहा पाइनेछ सार्वजनिक बसको लोकेसन


  • 883
    Shares

    अब ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ एपबाट थाहा पाइनेछ सार्वजनिक बसको लोकेसन
    images

    काठमाडौं । काठमाडौं उपत्यकामा गुड्ने सार्वजनिक यातायात कहाँ आइपुग्यो र आफू भएको ठाउँमा आइपुग्न कति समय लाग्छ भन्ने प्रत्यक्ष जानकारी दिने उद्देश्यले ‘केटीएम पब्लिक ट्रान्सपोर्ट’ मोबाइल एप सार्वजनिक गरिएको छ ।

    ‘सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात परिषद्’को तेस्रो बैठकका अवसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त एप्लिकेसन सार्वजनिक गरेकी हुन् । यस एपमार्फत हाल जीपीएस जडान भएका करिब १ हजार २०० सार्वजनिक सवारी साधनको जानकारी लिन सकिनेछ । 

    सङ्घीय राजधानी सहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरणले आगामी दिनमा अन्य सवारी साधनमा पनि यो प्रविधि जडान गर्दै लैजाने योजना बनाएको छ ।

    बैठकमा बोल्दै कार्यवाहक प्रमुख डङ्गोलले उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई सरल, सहज र पहुँचयुक्त बनाउनुपर्नेमा जोड दिइन् । विद्यार्थीका लागि बिहान सबेरैदेखि गाडी चलाउन र रात्रिकालीन सेवा विस्तार गर्न स्थानीय तहहरूबिच वित्तीय साझेदारी आवश्यक रहेको उनको भनाइ थियो । 

    यस्तै, परिषद्का उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यात्रुलाई सार्वजनिक बस चढ्दा सहज महसुस गराउने प्रणालीको आवश्यकता औँल्याए । उनले सार्वजनिक यातायातको सुधारका लागि परिषद्ले आकार बदल्न सक्ने क्षमता राख्ने भन्दै उक्त क्षमताको भरपुर प्रयोग गर्नुपर्ने बताए । 

     

    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १४:१८:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij