Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

नेपाल–भारत सुरक्षाबारे देहरादुनमा संयुक्त बैठक बस्दै

नेपाल–भारत सुरक्षाबारे देहरादुनमा संयुक्त बैठक बस्दै


  • 498
    Shares

    नेपाल–भारत सुरक्षाबारे देहरादुनमा संयुक्त बैठक बस्दै
    images

    काठमाडौं । नेपाल र भारतबिचको सुरक्षा तथा सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यसमूहको १४औँ बैठक भारतको देहरादुनमा आयोजना हुने भएको छ। 

    बिहीबार र शुक्रबार सञ्चालन हुने उक्त बैठकमा दुवै देशका गृह तथा परराष्ट्र मन्त्रालयका अधिकारीहरूको सहभागिता रहने छ।  बैठकमा नेपालको टोलीको नेतृत्व गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले गर्ने तय भएको छ। 

    बैठकमा मुख्य गरी सीमापार हुने आपराधिक गतिविधि, तेस्रो मुलुकका नागरिकहरूको अवैध घुसपैठ तथा आवतजावत, भारतबाट नेपालतर्फ हुने लागुऔषधको तस्करी र हातहतियारको अवैध कारोबार जस्ता गम्भीर विषयमा गहन छलफल हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताएका छन्। 

    भारतले नेपालको बाटो हुँदै नक्कली नोटको कारोबार हुने गरेको भन्दै निरन्तर गुनासो गर्दै आएकाले त्यस विषयमा पनि बैठकमा कुराकानी हुने बताइएको छ।

    त्यस्तै, पछिल्लो समय नेपालमा भएका धार्मिक झडपका क्रममा सीमा सुरक्षाको विषय प्रमुखताका साथ उठेको छ। हिन्दु(मुस्लिमबिचको झडपमा भारततर्फबाट पनि मानिसहरू आएर संलग्न भएको विभिन्न प्रतिवेदनहरूले देखाएकाले सो विषय र सीमा अतिक्रमणका सवालमा समेत छलफल हुनेछ। 

     

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - १३:३०:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij