Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

रवि लामिछानेले बोलाए मन्त्रीसहित सांसदहरूको बैठक

रवि लामिछानेले बोलाए मन्त्रीसहित सांसदहरूको बैठक


  • 897
    Shares

    रवि लामिछानेले बोलाए मन्त्रीसहित सांसदहरूको बैठक
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मन्त्रीसहित प्रतिनिधिसभामा रहेका पार्टीका सांसदहरूको बैठक बोलाएका छन् । रास्वपाका केही सांसदको भाषा र मर्यादामाथि प्रश्न उठेपछि सभापति लामिछानेले बैठक बोलाएका हुन् । 

    बिहान ११ बजे बोलाएको बैठकमा उनले संसद् र समितिमा प्रयोग भएको भाषा र गतिविधिलाई लिएर प्रश्न उठेका सांसदहरूलाई निर्देशन दिने रास्वपा स्रोतले जानकारी दिएको छ । 

    रास्वपाका सांसदहरू नै सरकारविरुद्ध बोल्न थालेपछि सभापति लामिछानेले मन्त्रीलाई समेत बैठकमा बोलाएका छन् । किन आफ्नै पार्टीका सांसदहरूले सरकारको आलोचना गरिरहका छन् भन्नेबारे पनि बैठकमा छलफल हुने स्रोतले जानकारी दिएको छ ।

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - ०८:४७:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij