Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

जेन–जी आन्दोलनका ४२ सहिदको शालिक तयार, भदौ २३ मा प्रधानमन्त्रीले अनावरण गर्ने

जेन–जी आन्दोलनका ४२ सहिदको शालिक तयार, भदौ २३ मा प्रधानमन्त्रीले अनावरण गर्ने


  • 1.8K
    Shares

    जेन–जी आन्दोलनका ४२ सहिदको शालिक तयार, भदौ २३ मा प्रधानमन्त्रीले अनावरण गर्ने
    images

    ललितपुर। जेन–जी आन्दोलनमा सहिद भएका ४२ जनाको शालिक तयार भएको छ । आन्दोलनमा ३ जना प्रहरीसहित ४५ जना सहिद भएका थिए । प्रहरी र जनताको शालिक सँगै नराख्ने सल्लाहअनुसार ४२ सहिदको मात्र शालिक तयार गरिएको हो ।

    सबै सहिदका शालिक प्रधानमन्त्री बालेन्द्र शाहले अनावरण गर्ने कार्यक्रम रहेको छ । जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको दिन अर्थात् भदौ २३ गते प्रधानमन्त्री बालेन्द्र शाहले अनावरण गर्ने कार्यक्रम रहेको छ । शालिक पाटनका रवि शाक्य (टम एन्ड जेरी)को टोलीले तयार गरेको हो । सुजित श्रेष्ठ र मनिष श्रेष्ठको सहयोगमा अर्धकदको शालिकको डिजाइन शाक्यले गरेको थियो । मृत्यु भएकामध्ये तीन जना प्रहरीको शालिक नेपाल प्रहरीले आफैँले तयार गर्ने योजना बनाएको बताइएको छ ।

    मृत्यु हुने प्रहरीहरूमा कास्की रुपा–५ का ३१ वर्षीय सहायक हवल्दार अमृत गुरुङ, सिन्धुली दुधौली–८ का प्रहरी सहायक निरीक्षक (असई) २० वर्षीय मिलन राय र दार्चुला लेकाम–२ का प्रहरी जवान ३२ वर्षीय उत्तम थापा रहेको छ । हवल्दार गुरुङ प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत थिए भने असई राय र जवान थापा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए ।

    जेन–जी आन्दोलनमा भदौ २३ गते २०, २४ गते १६, २५ र २७ गते घाइते अवस्थाका ३–३ जना गरी ४५ जनाको मृत्यु भएको थियो । सो आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका भए पनि ४५ जनलाई मात्र सहिद घोषणा गरिएको थियो ।

    जेन–जी आन्दोलनका सबै सहिदको शालिक निर्माण कार्तिकबाट सुरु भएको जानकारी दिँदै मूर्तिकार शाक्यले भने– ‘कार्तिकमा काम सुरु ग¥यौँ, भदौमा सम्पन्न भएको छ । सबै शालिक ढुंगाको हो । १० महिनासम्म रातदिन खटेर शालिक तयार गरेका छाँै । शालिक निर्माण गर्न सुजित र मनिषको महत्वपूर्ण भुमिका रहेको छ ।’

    परिवारबाट प्राप्त भएका तस्बीरलाई जस्ताको तस्तै शालिकमा उतारिएको छ । शाक्यले शालिक तयार गर्न निकै कठिन र मिहेनत गर्नुपरेको उल्लेख गर्दै भने– ‘सामान्य सोचेको थिएँ, सबै तयार गर्न केही कठिन भयो ।’ उनले शालिक तयार गर्न खर्चभन्दा पनि मिहिनेतलाई तुलना गर्न नसकिने बताए ।

    शालिक तयार गर्न प्रधानमन्त्री शाह, प्रधानमन्त्री मुख्य सल्लाहकार कुमार व्यञ्जनकारलगायतको सरकारी निकायका व्यक्तिहरूको मुख्य भूमिका रहेको शाक्यको भनाइ छ । उनले भने– ‘धेरै पटक डमी बनाउँदै हेर्दै ग¥यौँ । धेरै पटक माटाबाट तयार ग¥यौँ, ठ्याक्कै आकृति आएपछि ढुंगामा तयार तयार ग¥यौँ ।’ सयौँ चर्चित मूर्ति तयार गरिसकेका शाक्य जेन–जी आन्दोलनको सहिदको शालिक बनाएर इतिहास कायम गर्न सफल भएको शाक्यलाई सहयोग गर्ने मूर्तिकारद्वय सुजित र मनिषको भनाइ छ ।

    ४२ सहिदको शालिक सातदोबाटोस्थित पौडी पोखरीसँगै पार्क बनाएर राखिने भएको छ । पार्क तयार गरेर शालिक राख्ने काम लगभग सकिएको जानकारी दिँदै मूर्तिकार शाक्यले दुई साताभित्र पार्क उद्घाटन गर्न मिल्ने गरी सबै तयार गर्न आफूहरू २४ सै घण्टा काम गरिरहेको बताए । प्रधानमन्त्री शाहले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुअघि नै सहिदप्रति सम्मान गर्दै सहिद पार्क बनाउने र त्यहाँ जेन–जी आन्दोलनका सहिदको शालिक राख्ने योजना बनाएको थियो ।

    गत वर्षको भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएकालाई २०८२ साल कार्तिक १७ गतेको मन्त्रिपरिषद्ले सहिद घोषणा गरेको थियो । लगत्तै राजपत्रमा प्रकाशित गरेर सहिदको सूचीमा नाम राखेको थियो । यसरी ज्यान गुमाएको साढे २ महिनापछि सरकारले ४५ जनालाई सहिद घोषणा गरेको हो । भदौ २३ गतेको आन्दोलन भड्किएपछि स्थिति तनावपूर्ण बनेको बेलामा प्रहरीले गोली चलाउँदा ठूलो मानवीय क्षति भएको थियो ।

    भदौ २३ मा ज्यान गुमाउनेहरू

    १. मोरङ बेलबारीका १६ वर्षीय मोरङ श्रीयम चौँलागार्इँ

    २. बाँके नेपालगञ्जका १९ वर्षीय आयुष थापा

    ३. अर्घाखाँचीका २० वर्षीय माधवसारु मगर

    ४. बझाङका २१ वर्षीय सुभाषकुमार बोहरा

    ५. सुनसरी इनरुवाका २२ वर्षीय अभिषेक श्रेष्ठ

    ६. सिन्धुपाल्चोक बाह्बिसेका २२ वर्षीय योगबहादुर श्रेष्ठ

    ७. काभ्रे पनौतिका २२ वर्षीय रसिक खतिवडा खत्री

    ८. धनगढीका २२ वर्षीय गौरव जोशी

    ९. गोरखा बारपाकका २२ वर्षीय विमलबाबु भट्ट

    १०. बाँके नेपालगञ्जका २३ वर्षीय सुलभ श्रेष्ठ

    ११. पर्सा वीरगञ्जका २४ वर्षीय असहाब आलम ठकुराई

    १२. सिन्धुली गोलान्जोरका २५ वर्षीय योगेन्द्र न्यौपाने

    १३. कामपा ११ का २७ वर्षीय ईश्वतबहादुर अधिकारी

    १४. उदयपुर बेलकाका ३० वर्षीय सन्तोष विश्वकर्मा

    १५. ललितपुर महानगरपालिका ७ का ३४ वर्षीय विनोद महर्जन

    १६. बाग्लुङ नगरपालिका ४ का ३८ वर्षीय सौरन किशोर श्रेष्ठ

    १७. सुनसरी इटहरी–१४ का ४० वर्षीय चंखे भनिने मोहन सरदार

    १८. कीर्तिपुर नगरपालिका–२ का ४१ वर्षीय बुद्धिबहादुर तामाङ

    १९. काभ्रे तिमाल–७ का ४३ वर्षीय दिल नारायण तामाङ

    २०. धनकुटा पाख्रिबासका ६३ वर्षीय छत्रमान कुथुमी

    भदौ २४ मा ज्यान गुमाउनेहरू

    २१. चितवन कालिका–८ की १९ वर्षीया निखिता गौतम

    २२. सिन्धुपाल्चोक चौताराका २० वर्षीय उमेश महत

    २३. दोलखा बिगु–३ का २२ वर्षीय महेश बुढाथोकी

    २४. संखुवासभा सिलिङचोक–३ का २२ वर्षीय प्रवीण कुलुङ

    २५. दोलखा शैलुङ–४ का २२ वर्षीय अभिषेक चौँलागाईं

    २६. नुवाकोट ताँदी–३ का २५ वर्षीय धीरज श्रेष्ठ

    २७. सिराहा लाहान–१५ का २६ वर्षीय विजय चौधरी

    २८. गोरखा गण्डकी गाउँपालिका–४ का २७ वर्षीय अर्जुन भट्ट

    २९. बझाङ दुर्गाथली–१ का भिमराज धामी

    ३०. पाँचथर हिलिहाङ–२ का ३० वर्षीय कमल भण्डारी

    ३१. नुवाकोट ककनी–१ का ३२ वर्षीय शुभराज बलामी श्रेष्ठ

    ३२. झापा अर्जुनधारा–११ का ३९ वर्षीय ज्ञानेन्द्र सेढाई

    ३३. गोरखा पालुङटार–३ का ४२ वर्षीय अनिश पराजुली

    ३४. सुनसरी धरान –२२ का ४२ वर्षीय साजन राई

    ३५. उदयपुर चौदण्डीगढी–३ का ४८ वर्षीय सन्तोष भन्ने सारकुमार राई

    ३६. बैतडी दशरथचन्द –६ का ४८ वर्षीय निरज पन्त

    भदौ २५ मा ज्यान गुमाउनेहरू

    ३७. सर्लाही लालबन्दी–५ का ३१ वर्षीय देवकुमार सुवेदी

    ३८. सिन्धुली तीनपाटनका १९ वर्षीय दिपेश सुनुवार

    ३९. बाजुरा स्वामिकार्तिका–२ का २१ वर्षीय ओझन

    भदौ २७ मा ज्यान गुमाउनेहरू

    ४०. बैतडी शिवनाथ–२ का २० वर्षीय दीपक सिंह साउद

    ४१. झापा अर्र्जुनधारा –८का ३२ वर्षीय दिनेश राजवंशी

    ४२. नुवाकोट पञ्चकन्या–२ का ३९ वर्षीय लच्छुमान राई

    images
    प्रकाशित मिति :भाद्र ३ २०८३ बुधवार - ०६:५४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij