२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभाको बैठक आगामी भदौ ३ गते बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
सोमबार बसेको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर, वार्षिक प्रतिवेदन पेस र विधेयकमाथिको छलफलपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्। बैठकको कार्यसूचीअनुसार विभिन्न चार मन्त्रालयका मन्त्रीहरूले सांसदहरूले सोधेका मौखिक प्रश्नहरूको उत्तर दिएका छन् ।
परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क पौडेल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित जिज्ञासाहरूको सम्बोधन गरेका थिए।
बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन ९२०८१ साउन–२०८२ असार० पेस गरेकी थिइन्।
बैठकले परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गरेको ‘राहदानी ९पहिलो संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ । यससँगै विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएर संशोधनको प्रक्रिया अघि बढेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij