Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा

सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा


  • 589
    Shares

    सरकारमा सहभागी नहुने अग्रगामी मोर्चाको घोषणा
    images

    काठमाडौं । विभिन्न दल सम्मिलित अग्रगामी मोर्चाले लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदलाई मन्त्री बनाउने निर्णयप्रति आपत्ति जनाएको छ । मोर्चाले जसपा नेपालको निर्देशनविपरीत भएको उक्त निर्णय तत्काल सच्याउन माग गरेको हो ।

    मंगलबार बसेको मोर्चाको बैठकले प्रदेश सरकारमा जसपा सांसदलाई सहभागी गराउने र प्रदेश सभामा सरकारको पक्षमा मतदान गराउने कार्य संसदीय व्यवस्था र लोकतान्त्रिक मान्यताविपरीत भएको निष्कर्ष निकालेको छ ।

    मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संसदीय व्यवस्था, लोकतान्त्रिक प्रणालीको मान्यता विपरीत हुनुका साथै अनैतिक कार्य समेत भएको हुँदा सोको मोर्चा घोर भर्त्सना र निन्दा गर्दछ । उक्त अनैतिक एवं असंसदीय कार्यलाई तुरुन्त सच्चाउन समेत अनुरोध गरिन्छ ।’

    मोर्चाले आगामी प्रदेश निर्वाचनसम्म आफ्ना कुनै पनि घटक दल प्रदेश सरकारमा सहभागी नहुने निर्णयसमेत गरेको छ ।

    अग्रगामी मोर्चामा जसपा नेपाल, आजपा, प्रलोपालगायतका राजनीतिक दलहरू सहभागी छन् । लुम्बिनी प्रदेशमा यसअघि पनि जसपाका सांसदलाई मन्त्री बनाउने विषयलाई लिएर राजनीतिक विवाद देखिएको थियो ।

    775279432_1601245268360760_4237204928590052797_n_WjfK6ClsRf.png
     
     

    images
    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १७:२९:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij