२०८३ भाद्र ४ गते बिहिवार
काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले परराष्ट्रमन्त्रीको जवाफप्रति असन्तुष्टि जनाउँदै बैठक बहिस्कार गरेकी छन् ।
कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव ल्याउने विषयमा मंगलबार परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्तबुझ्दो नभएको र थप प्रश्न सोध्न नपाएको भन्दै उनी बैठक कक्षबाट बाहिरिएकी हुन् ।
सांसद तामाङले ३७ दिनअघि कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले गम्भीरता नदेखाएको भन्दै उभिएरै विरोध जनाएकी थिइन् । उनले अर्थ मन्त्रालयले बजेट छुट्याए पनि परराष्ट्र मन्त्रालयले कार्यविधि नबनाएका कारण प्रक्रिया रोकिएको दाबी गरिन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij