Logo

२०८३ आश्विन १९ गते सोमवार

२०८३ आश्विन १९ गते सोमवार

सरकारी कर्मचारीका लागि नयाँ सुविधा : अब हरेक १५ दिनमा तलब निकासा हुने

सरकारी कर्मचारीका लागि नयाँ सुविधा : अब हरेक १५ दिनमा तलब निकासा हुने


  • 1.3K
    Shares

    सरकारी कर्मचारीका लागि नयाँ सुविधा : अब हरेक १५ दिनमा तलब निकासा हुने
    images

    काठमाडौं । संघीय सरकार मातहतका निकायमा कार्यरत सबै राष्ट्रसेवक कर्मचारीहरूले अब हरेक १५\१५ दिनमा तलब तथा भत्ता पाउने भएका छन्। 

    महालेखा नियन्त्रक कार्यालयले एक परिपत्र जारी गर्दै अर्घमासिक रूपमा तलब भत्ता भुक्तानी गर्ने व्यवस्था मिलाउन मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको हो।

    अर्थ मन्त्रालयको नीतिगत मार्गदर्शन र बजेट वक्तव्यको व्यवस्था अनुसार यो नयाँ प्रणाली लागू गर्न लागिएको कार्यालयले जनाएको छ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत कर्मचारीहरूलाई हरेक महिनाको १५ दिन व्यतित भएपछि अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गरिने भएको छ। 

    यसका लागि कार्यालयले आफ्नो प्रणालीमा आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिएको छ।

    हरेक १५ दिन पुगेपछि सो अवधिको तलब र भत्ता भुक्तानी हुने भएको छ। बजेट वक्तव्य अनुसारको कर्मचारी प्रोत्साहन भत्ता समेत यसै प्रक्रियाबाट भुक्तानी गर्न निर्देशन दिइएको छ।

    775047594_1608317740822594_9175190920507922004_n_wMqUiBbvF0.png

     

    प्रकाशित मिति :भाद्र २ २०८३ मंगलवार - १०:३३:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij