Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

३५० रुपैयाँको खरिदमा उपभोक्तालाई १० लाखको बम्पर उपहार

३५० रुपैयाँको खरिदमा उपभोक्तालाई १० लाखको बम्पर उपहार


  • 1.1K
    Shares

    ३५० रुपैयाँको खरिदमा उपभोक्तालाई १० लाखको बम्पर उपहार
    images

    काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार घोषणा गरिएको छ।

    सोमबार आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा कार्यक्रम आयोजना गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव डा.. घनश्याम उपाध्यायमार्फत पुरस्कार विजेता घोषणा गरिएको हो ।

    यस पटक गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल  सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा १० लाख रुपैयाँ हात पारेका छन्।

    विभागका अनुसार पछिल्लो १७ दिनको उपहार योजनामा कुल कारोबार सङ्ख्या ३ करोड २४ लाख ४३ हजार २२९ पुगेको छ। यिनैमध्येबाट आज १७ जना विजेता छनोट गरिएको हो । 

    जसमा साउन १६ गतेदेखि ३१ गतेसम्मका १७ दिनका एक(एक जनाले प्रतिव्यक्ति १ लाख ३३ हजार ३३४ रुपैयाँ जित्नेछन्। 

    उनीहरूले कर कटाएर खुद १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै यी सबैमध्येबाट एक जनाले बम्पर उपहारस्वरूप १० लाख रुपैयाँ जितेका हुन्।

     

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १६:१४:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij