Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय

साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय


  • 820
    Shares

    साउन महिना सरकारी राजश्वमा वृद्धि : महालेखा नियन्त्रक कार्यालय
    images

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामा सरकारी राजश्व सङ्कलनमा उल्लेख्य वृद्धि देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत साउन महिनामा सरकारको आम्दानी रु ९३ अर्ब ४३ करोड ६३ लाख हाराहारी देखिएको हो । जुन गत आर्थिक वर्षको पहिलो महिनाको कुल प्राप्तिको तुलनामा करिब १० प्रतिशत अर्थात् रु आठ अर्ब २४ करोडले वृद्धि हो ।

    महालेखा नियन्त्रक कार्यालयका अनुसार कर राजश्वतर्फको कुल प्राप्ति रु ८५ अर्ब १९ करोड ६ लाख र गैरकर राजश्वतर्फको कुल प्राप्ति रु सात अर्ब तीन करोड ४७ लाख छ । त्यस्तै, सरकारले पहिलो महिना रु २४ करोड तीन लाख वैदेशिक अनुदान सहायता लिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले कुल रु १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख आम्दानी गर्ने लक्ष्य राखेको छ ।

    चालु आर्थिक वर्षको पहिलो महिनाको बजेट खर्च रु ४१ अर्ब ८८ करोड ५८ लाख रहेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका लागि कुल रु २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख बराबरको बजेट ल्याइएको थियो । साउन महिनाको बजेट खर्च वार्षिक विनियोजनको एक दशमलव ९७ प्रतिशत हो ।

    चालु शीर्षकमा यसवर्ष रु १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख विनियोजन भएकोमा साउन मसान्तसम्ममा एक दशमलव ६८ प्रतिशत अर्थात् रु २१ अर्ब ४० करोड ३८ लाख खर्च भएको छ । त्यस्तै, पुँजीगत शीर्षकमा रु चार खर्ब ३१ अर्ब १० लाख ६३ हजार विनियोजन भएकोमा शून्य दशमलव ३१ प्रतिशत खर्च भएको छ ।

    वित्तीय व्यवस्थातर्फ साउन मसान्तसम्म रु १९ अर्ब १५ करोड ३५ लाख खर्च भएको छ । जुन यो शीर्षकमा वार्षिक विनियोजनको चार दशमलव ५३ प्रतिशत बराबर हो ।

     

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - १२:५३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij