Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

उद्योग समितिको बैठक स्थगित

उद्योग समितिको बैठक स्थगित


  • 722
    Shares

    उद्योग समितिको बैठक स्थगित
    images

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको १५औँ बैठक विशेष कारणवश स्थगित भएको छ । सोमबार बिहान १० बजेका लागि तय गरिएको उक्त बैठक अन्तिम समयमा आएर स्थगित भएको हो ।

    बजारमा चिनीको सहज आपूर्तिका विषयमा देखिएका समस्या र समाधानका उपायबारे सरोकारवालाहरूसँग छलफल गर्न समितिले आजको बैठक बोलाएको थियो। बैठकमा छलफलका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री र सचिवलाई समेत आमन्त्रण गरिएको थियो ।

    समितिका शाखा अधिकृत प्रबल पौडेलले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित भएको जानकारी दिएका छन् । सूचनामा भनिएको छ, ‘समितिको मिति २०८३र०५र०१ गते सोमबार बिहान १० बजेका लागि निर्धारित बैठक विशेष कारणवश स्थगित भएको ब्यहोरा समितिका माननीय सदस्यहरूको जानकारीको लागि अनुरोध छ ।’

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - ११:२२:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij