Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

यस्तो छ आज विदेशी मुद्राहरुको भाउ

यस्तो छ आज विदेशी मुद्राहरुको भाउ


  • 848
    Shares

    यस्तो छ आज विदेशी मुद्राहरुको भाउ
    images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । 

    युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ २८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ९७ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ २३ पैसा र बिक्रीदर २०७ रुपैयाँ ०४ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ४१ पैसा र बिक्रीदर १८८ रुपैयाँ १४ पैसा कायम गरिएको छ ।

    अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १०८ रुपैयाँ ३८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११० रुपैयाँ २६ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ १२ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

    जापानी येन १० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा निर्धारण गरिएको छ ।

    साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५९ पैसा र बिक्रीदर ४० रुपैयाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

    केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६० पैसा र बिक्रीदर चार रुपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६५ पैसा कायम गरिएको छ । 

    मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ३० पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७६ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । 

    स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २३ रुपैयाँ ६८ पैसा तोकिएको छ ।

    राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९ रुपैयाँ ५० पैसा, कुवेती दिनार एकको खरिददर ४९५ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९७ रुपैयाँ ९३ पैसा तोकेको छ । 

    बहराइन दिनार एकको खरिददर ४०४ रुपैयाँ २१ पैसा बिक्रीदर ४०५ रुपैयाँ ८० पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३९७ रुपैयाँ ३६ पैसा रहेको छ ।

    भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

    images
    प्रकाशित मिति :भाद्र १ २०८३ सोमवार - ०६:४८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij