Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

वाइ-फाई नेपालद्वारा ५ आकर्षक इन्टरनेट प्याकेजसहित नयाँ ‘होम सिरिज’ सार्वजनिक

वाइ-फाई नेपालद्वारा ५ आकर्षक इन्टरनेट प्याकेजसहित नयाँ ‘होम सिरिज’ सार्वजनिक


  • 736
    Shares

    वाइ-फाई नेपालद्वारा ५ आकर्षक इन्टरनेट प्याकेजसहित नयाँ ‘होम सिरिज’ सार्वजनिक
    images

    काठमाडौं । इन्टरनेट सेवा प्रदायक वाइ-फाई नेपालले इन्टरनेटको आवश्यकता र आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै नयाँ ‘होम सिरिज’ सार्वजनिक गरेको छ ।

    कम्पनीले यस सिरिज अन्तर्गत जेडटीई डुअल ब्यान्ड राउटर सहित विभिन्न गतिका पाँचवटा इन्टरनेट प्याकेज बजारमा ल्याएको हो । घरमा प्रयोग हुने उपकरणको संख्या, इन्टरनेटको आवश्यकता तथा ग्राहकको बजेटलाई ध्यानमा राखेर यी प्याकेज तयार गरिएको कम्पनीले जनाएको छ ।
    नयाँ सिरिज अन्तर्गत ८० एमबीपीएसको ‘स्मार्ट प्याक’, १२० एमबीपीएसको ‘पावर प्याक’, १६० एमबीपीएसको ‘पावर प्लस प्याक’, २०० एमबीपीएसको ‘स्पिड प्याक’ र ३०० एमबीपीएसको ‘स्पिड प्लस प्याक’ समावेश छन्।

    कम्पनीका अनुसार ८० एमबीपीएसको प्याकेज विद्यार्थी, साना परिवार तथा सामान्य इन्टरनेट प्रयोगकर्ताका लागि उपयुक्त छ । १२० एमबीपीएसको प्याकेज सीमित संख्यामा उपकरण प्रयोग गर्ने परिवारलाई लक्षित गरिएको छ भने १६० एमबीपीएसको प्याकेज धेरै उपकरण प्रयोग हुने ठूला परिवारका लागि उपयुक्त हुनेछ ।

    त्यसैगरी, २०० एमबीपीएसको प्याकेज अनलाइन गेमिङ तथा घरबाटै काम गर्ने प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको छ । ३०० एमबीपीएसको प्याकेज भने होम, अफिस, व्यावसायिक कार्य तथा उच्च गतिको इन्टरनेट आवश्यक पर्ने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको कम्पनीले जनाएको छ ।

    कम्पनीका अनुसार होम सिरिजको उद्देश्य सुलभ मूल्यमा इन्टरनेट सेवा उपलब्ध गराउनु मात्र नभई ग्राहकलाई गुणस्तरीय, भरपर्दो र उत्कृष्ट इन्टरनेट अनुभव प्रदान गर्नु पनि हो । यसका लागि कम्पनीले इन्टरनेट कभरेज, राउटरको गुणस्तर, सेवाको स्थिरता, प्रयोगकर्ता अनुभव तथा ग्राहक सेवामा विशेष ध्यान दिएको जनाएको छ ।

    नयाँ सिरिजमा समावेश गरिएको जेडटीई डुअल ब्यान्ड राउटरले २. ४ गिगाहर्ज र ५ गिगाहर्ज दुवै ब्यान्डमा इन्टरनेट सञ्चालन गर्न सकिने सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार राउटरको उच्च क्षमताले घरका विभिन्न स्थानमा इन्टरनेटको कभरेज सुधार गर्नुका साथै एकैपटक धेरै उपकरणमा इन्टरनेट प्रयोग गर्दा पनि स्थिर र भरपर्दो सेवा सुनिश्चित गर्न सहयोग पुयाउँछ । यसले भिडियो कल, अनलाइन कक्षा, स्ट्रिमिङ, गेमिङ तथा अन्य डिजिटल गतिविधिमा सहज र प्रभावकारी अनुभव प्रदान अपेक्षा गरिएको छ ।

    वाइ-फाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुहन पञ्जियारले नयाँ ‘होम सिरिज’ सार्वजनिक गर्दै कम्पनीले ग्राहकको आवश्यकता अनुरुप सेवाको गुणस्तर सुधार गर्न निरन्तर काम गरिरहेको बताए । उनले भने, “हामीले मूल्य बढाएका छैनौं, बरु हाम्रा ग्राहकका लागि सेवाको गुणस्तर बढाएका छौं । नेपालकै विश्वासिलो र गुणस्तरीय ब्रॉडब्यान्ड कम्पनी बन्ने हाम्रो लक्ष्य हो।”

    नयाँ होम सिरिज मार्फत ग्राहकले घरमा प्रयोग हुने उपकरणको संख्या, इन्टरनेटको आवश्यकता तथा बजेटअनुसार आफूलाई उपयुक्त इन्टरनेट प्याकेज छनोट गर्न सक्नेछन् ।

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १९:३६:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij