Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा

पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा


  • 1.0K
    Shares

    पछिल्लो तीन दिनमा सबैभन्दा बढी गाली खाएको छुः गगन थापा
    images

    काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताएका छन् । 

    आईतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उनले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताएका हुन् । नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो । 

    सोही सन्र्दभलाई थापाले जन्मेदेखी आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताएका छन् ।

    उनले भने, ‘मैले यो धर्तीमा जन्मिएदेखि आजसम्म जति मेरो निन्दा भएको थियो होला जानेर नजानेर यो गएको तीन दिनमा निन्दा भएको छ, मेरो ।’

    उनले सञ्चारमाधयमका हेडलाईन नै आफ्नो निन्दाले भरिएको बताएका छन् । 

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १७:३७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij