Logo

२०८३ भाद्र ४ गते बिहिवार

२०८३ भाद्र ४ गते बिहिवार

बाढीपहिरोको जोखिममा रहेका रिसाङका २०० स्थानीय सुरक्षित स्थानमा सारिए

बाढीपहिरोको जोखिममा रहेका रिसाङका २०० स्थानीय सुरक्षित स्थानमा सारिए


  • 1.1K
    Shares

    बाढीपहिरोको जोखिममा रहेका रिसाङका २०० स्थानीय सुरक्षित स्थानमा सारिए
    images

    काठमाडौं ।  जरकोटको भेरी नगरपालिका–२ रिसाङ क्षेत्रमा बाढीपहिरोको जोखिम बढेपछि करिब ७० घरपरिवारका २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। हाल उनीहरूलाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राख्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।

    चार जनाको ज्यान जाने गरी आएको बाढी पहिरोका कारण उच्च जोखिममा रहेका जाजरकोटकोस्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो।

    जोखिममा रहेका नागरिकहरूको सुरक्षा तथा उद्धारका लागि प्र।स।नि। प्रेमबहादुर फौजाको कमाण्डमा १० जना प्रहरीको टोली परिचालन गरिएको छ।

    उद्धार तथा सुरक्षित स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन्।

    यी क्षेत्रबाट गरी करिब २०० जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी आवश्यक बासको व्यवस्था गरिएको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण पहिरोको जोखिम अझै कायमै रहेकाले स्थानीयवासीलाई सतर्क रहन र जोखिमयुक्त क्षेत्रमा नबस्न आग्रह गरिएको छ।

     

    images
    प्रकाशित मिति :श्रावण ३१ २०८३ आइतवार - १३:१४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij